
काठमाडौँ । नेपालमा थप १ सय ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै पर्सामा ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै झापाका २५, काठमाडौँका १०, दैलेख र कैलालीका ८/८ जना, सप्तरीका ७, सुनसरी र कास्कीका ५/५ जना तथा दाङ, नवलपुर र रुपन्देहीका ४/४ जना तथा लमजुङका ३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै मोरङ, सर्लाही, चितवन, कालिकोट, बाँके र बर्दियाका २/२ जना तथा धनकुटा, बारा, धनुषा, उदयपुर, बाग्लुङ, तनहुँ र जाजरकोटका एकएक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । हाल ५ हजार ३ सय ८३ जना संक्रमितको उपचार भइरहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ७ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।
