घरबाहिर निस्कँदा मास्क नलगाउनेलाई कारबाही गर्न सरकारको निर्देशन

Share:

काठमाडौँ । काभिड–१९ संक्रमण समुदायस्तर सम्म फैलिएको आशंका भइरहेका बेला सरकारले घरबाहिर निस्कँदा मास्क नलगाउनेलाई कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले कोरोना सङ्क्रमण फैलिन नदिन मास्क नलगाई घरबाहिर निस्कनेलाई कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पुन: निर्देशन दिएको हो ।

लकडाउन खुलेसँगै जोखिम बढ्न सक्नेतर्फ सचेत रहेर नागरिकलाई मास्क लगाएर मात्र हिँडडुल गर्न आग्रह गरिएको र अटेर गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न निर्देशन दिएको जनाइएको छ ।

यसअघि सरकारले गएको असार २२ गते मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: