सुनको मुल्यमा आज पनि नयाँ रेकर्ड

779
0
Share:

काठमाडौँ । सुनको मुल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ ।

आज तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो अहिलेसम्मकै महँगो मुल्य हो । हिजो तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने आज एकैदिन तोलामा २५ रुपैयाँ घटेर तोलाको १२ सय रुपैयाँ निर्धारण गरिएको छ ।

हिजो चाँदी तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: