विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७४ लाख नाघ्यो, ६ लाख ७७ हजारको मृत्यु

Share:

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेहरुको संख्या १ करोड ७४ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार विश्वमा संक्रमित संख्या १ करोड ७४ लाख ९७ हजार ३ सय ५४ पुगेको छ ।

यस्तै, विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख ७७ हजार २ सय ७९ पुगेको छ भने १ करोड २ लाख ५७ हजार ९ सय ६४ संक्रमित उपचारपछि निको भएका छन्।

पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमिको संख्या ४५ लाख ५६ हजार २ सय ३२ पुगेको छ । त्यहाँ १ लाख ५३ हजार २ सय ६८ संक्रमितको मृत्यु भइसकेको छ।

यस्तै, ब्राजिलमा संक्रमितको संख्या २६ लाख ६२ हजार ४ सय ८५ पुगेको छ भने ९२ हजार ४ सय ७५ संक्रमितको मृत्यु भएको छ।

यता भारतमा संक्रमित संख्या १६ लाख ३८ हजार ८ सय २७ जना पुगेको छ भने ३५ हजार ५ सय ४५ संक्रमितको मृत्यु भएको छ ।

रुसमा संक्रमितको संख्या ८ लाख ३८ हजार ४ सय ६१ पुग्यो भने १३ हजार ९ सय ३९ संक्रमितको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: