
काठमाडौँ । भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। आफूलाई कोरोना पुष्टि भएपछि शाहले आइतबार सामाजिक सञ्जाल ट्विटरमा यसको जानकारी गराएका हुन्।
‘कोरोनाको सुरुवाती लक्षण देखिएपछि मैले परीक्षण गराएको थिए, रिपोर्ट पोजेटिभ आएको छ,’ शाहले लेखेका छन्, ‘मेरो स्वास्थ्य ठीक छ। डाक्टहरुको सल्लाहअनुसार अस्पताल भर्ना भएको छु। मेरो अनुरोध छ कि तपाईंहरु जो केहि दिनयता मेरो सम्पर्कमा आउनु भएको छ, कृपया आफैलाई आइसोलेसनमा राख्नु होला। जाँच गर्नु होला।’
कमेन्ट गर्नुहोस्
