
पोखरा । कास्कीका १ जनासहित गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबार साँझ प्रदेशअन्तर्गत कास्कीकी १ महिला, स्याङ्जाका २ पुरुष र १ महिला तथा लमजुङ र पर्वतका १/१ पुरुष गरी ६ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यसअघि सोमबार विहान पनि गण्डकीमा ५ जना संक्रमित थपिएका थिए ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ३५ पुगेको छ ।
प्रदेशमा हालसम्म १ हजार ३ सय ४८ संक्रमित निको भएर घर फर्किएका छन् ।
कमेन्ट गर्नुहोस्
