
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत थप १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मंगलबार १४ जना सुरक्षाकर्मी र एक जना चालकमा कोरोनाको संक्रमण पुष्टि भएको अख्तियारले जनाएको छ ।
यसअघि गएको शुक्रबार एक जनामा संक्रमण पुष्टि भएको थियो । हालसम्म अख्तियारका १६ जनामा संक्रमण पुष्टि भएको छ ।
गएको शुक्रबार एक प्रहरीमा संक्रमण पुष्टि भएपछि आइतबार १ सय ८२ जनाको स्वाब संकलन गरिएको थियो । संकलन गरिएको स्वाबमध्ये १५ जनामा संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको अख्तियारले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
