
तनहुँ । तनहुँमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
बुधबार करिब १ः५० बजे व्यासनगरपालिका–४ निवासी ३० वर्षीय सुवास श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो ।
व्यासनगरपालिका–१ विज्ञानचौरस्थित पिताम्बर थापाको घरमा वल्डलिङ्कको नेट जोड्ने क्रममा श्रेष्ठलाई करेन्ट लागेको थियो ।
घटना तत्काल श्रेष्ठलाई दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा लगिएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
