विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८९ लाख नाघ्यो, ७ लाख १२ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ करोड ८९ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार विश्वभर संक्रमितहरुको संख्या १ करोड ८९ लाख ८६ हजार ६ सय २९ पुगेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख १२ हजार ३ सय ३४ पुगेको छ भने १ करोड १४ लाख ७७ हजार ८ सय ३४ जना निको भइसकेका छन् ।

हालसम्म सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४८ लाख ७६ हजार ७ सय ९० पुगेको छ । त्यहाँ १ लाख ५९ हजार ९ सय ९० जनाको मृत्यु भएको छ।

यस्तै, ब्राजिलमा संक्रमितको संख्या २९ लाख १२ हजार २ सय १२ पुगेको छ । त्यहाँ ९८ हजार ४ सय ९३ को संक्रमणबाट मृत्यु भएको छ ।

यता भारतमा संक्रमितको संख्या १९ लाख ६४ हजार ५ सय ३६ पुगेको छ । ४० हजार ६ सय ९९ को संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै रुसमा संक्रमितको संख्या ८ लाख ७० हजार १ सय ८७ पुगेको छ भने १४ हजार ५ सय ७८ जनाको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: