प्रेमराजा महत दम्पतिलाई कोरोना संक्रमण

Share:

काठमाडौँ । वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

वरिष्ठ लोकगायक महतले शुक्रबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका छन् ।

हाल आफ्नै घरको एउटा–एउटा कोठामा आइसोलेसनमा बसेको उनले जानकारी दिएका छन् । उनले छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेको बताएका छन् ।

कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदि संक्रमण भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: