पोखराका थप २ जनामा कोरोना संक्रमण पुष्टि

Share:

पोखरा । पोखराका थप २ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

बुधबार विहान कास्कीको पोखरा–६ का २३ वर्षीय पुरुष र पोखरा–१६ का ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ५० पुगेको छ ।

यस्तै प्रदेशमा हालसम्म १ हजार ४ सय ९३ जना संक्रमण मुक्त भएका पनि निर्देशनालयले जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: