सुनचाँदीको मूल्य फेरि बढ्यो

488
0
Share:

पोखरा । सुनचाँदीको मूल्य आज फेरी बढेको छ ।

सुन आज तोलामा २ हजार ४ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि हिजो एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको मूल्य तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि ८५ रुपैयाँ बढेर तोलाको एक हजार २ सय ९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: