पोखराका ५ सहित गण्डकीमा थप ६ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका ५ सहित गण्डकीका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार विहान कास्कीको पोखराका २ वटा वडाका ३ महिला र २ पुरुष तथा तनहुँका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं. १६ का २२ र ३० बर्षीय २ पुरुष तथा २२ र ५० वर्षीया २ महिला र वडा नं. ५ की ३३ वर्षीया महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

यस्तै तनहुँको भानु नगरपालिका–४ का ३० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

उनीहरुलाई अहिले आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: