
पोखरा । पोखराका ४ सहित गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । बुधबार कास्की सहित ६ जिल्लाका ९ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिका वडा नं.–४ का ४७ वर्षीय पुरुष, वडा नं.–२४ का १८ वर्षीय पुरुष तथा वडा नं.– १२ का ३७ र ४० वर्षका २ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यसैगरी तनहुँ देबघाट वडा नं.– ५ का २७ वर्षीय पुरुष, गोरखा पालुङटार वडा नं.– ४ का ५० वर्षीय पुरुष, र लमजुङमा कार्यरत बागलुङ बडिगाडका २२ वर्षीय पुरुष, धादिङ गंगाजमुनाका ३२ वर्षीय पुरुष र नवलपुर कावासोतीका ३२ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
यसअघि आज विहान गण्डकीमा १४ जनामा कोरोना पुष्टि भएको थियो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ८८ पुगेको छ ।
