विश्वविद्यालयको कुलपति प्राज्ञिक, प्रोफेसर, डा. वा शिक्षा क्षेत्रको विज्ञ हुनु पर्ने माग

Share:

पोखरा । नेपाल विद्यार्थी संघ (नेवि संघ) पोखरा विश्वविद्यालय मुल इकाइ समितिको अनशन स्थगित भएको छ । पोखरा विश्वविद्यालयको विद्यार्थीहरुको भविष्य, उपकुलपति र रजिस्ट्रार लगायतका पदाधिकारी नियुक्तिको माग राखेर गरिएको अनशन कोरोना भाइरसको जोखिम बढेकोे कारण स्थगित भएको हो ।

२७औं दिन सम्म जारी अनशनकका अनशनकारीलाई प्राज्ञ नगेन सिंह ठकुरीले जुस खुलाउँदै देशको भविष्य विश्वविद्यालय हो तर विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार लगायतका पदाधिकारी नियुक्ति नहुनु एकदमै लाजमर्दो हुनुका साथै देशको भविष्य पनि अन्यौलमा परेकोे बताए । उनले अबको विश्वविद्यालयको कुलपति प्राज्ञिक, प्रोफेसर, डाक्टर अथवा शिक्षा क्षेत्रको विज्ञ हुनु पर्ने माग गरे ।

पोखरा विश्वविद्यालय मुल इकाइ समितिका सभापति फिरोज सुबेदीले ११ महिना देखि पोखरा विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार बिहिन हुँदा विद्यार्थीहरुको भविष्य अन्योलमा परेका कारण आन्दोलन गर्नु परेको बताए । उनले विश्वव्यापी महामारीको रूप लिएको कोभिड १९को संक्रमण, विद्यार्थीको स्वास्थ्य र जिल्ला प्रशसन कार्यालयबाट जारी गरिएको निषेधआज्ञाको सूचनालाई मनन गर्दै अनसन स्थगित गर्नु परेको जानकारी दिए ।

वरिष्ठ उप सभापति दीपेन्द्र गौतमले ४० हजार विद्यार्थीहरुको भविष्य कता गइरहेको छ भन्ने प्रश्न गर्दै यो अनसन कोरोना कारण स्थगित भए पनि हाम्रो आन्दोलन नरोकिने जानकारी दिए ।

पोखरा विश्वविद्यालय नेपाल विद्यार्थी संघ संस्थापक स्ववियु सभापतिका प्रत्यासी डीफन भुजेलले यस अवधीमा हामीहरुलाई साथ सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी हातहरुप्रती हार्दिक नमन व्यक्त गरे । विद्यार्थी नेता राजीव भण्डारीले विद्यार्थीहरुको भविष्यको लागि नेपाल विद्यार्थी संघ कहिल्यै पछि नहट्ने बताए ।

कास्की काङग्रेसका आमन्त्रित सदस्य दिनेश पौडेल, नेपाल तरुण दल पोखरा महानगर सदस्य एवम् तरुण दल पोखरा महानगर ३० का सचीव सुबास भण्डारी, तरुण दल पोखरा महानगर सदस्य प्रकाश पुन एवम् नेपाल विद्यार्थी संघका प्रभावशली नेताहरु प्रताप बानियाँ र सागर रानाभाट लगाएतले नेवि संघलाई आफ्नो शुभेक्षा व्यक्त गरेका थिए ।

फिरोजले साथसाथै हाम्रो दबाब एवम् आन्दोलन प्रत्यक्ष अथवा अप्रत्यक्ष विभिन्न रुपले जारी रहनेछ भन्ने कुरा सम्पूर्णमा अवगत गराउँदै नेवि संघ केन्द्रिय अध्यक्ष राजीव ढुंगाना, नेवि संघ केन्द्रिय महामन्त्री मनोज बैध, नेवि संघ केन्द्रीय महामन्त्री दिपक भट्टराईलगाएत नेताहरुको माया र हौसला एवम् विशेष सुझाव, सल्लाहको सधै अनुसरण गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
Share: