पोखराका ३ जना सहित गण्डकीमा थप ६ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका ३ जनासहित थप गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

बिहीबार कास्कीका ३ जना, तनहुँका २ जना र स्याङ्जाका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा–५ का १४ वर्षीय पुरुष र १६ वर्षीया महिला तथा पोखरा–८ की ४२ वर्षीया महिलामा कोरोना भाइरस देखिएको हो ।

त्यसैगरी बिहीबार नै गण्डकी प्रदेशको तनहुँको भानुका २८ र ३७ वर्षका २ पुरुष तथा स्याङ्गजा गल्याङकी ४० वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय १८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: