
काठमाडौं । सशस्त्र प्रहरी बल एपीएफ क्लबका ३४ जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
नेपाल सरकारले भारतसँगको सीमा सुरक्षाका लागि खटाएका ३४ खेलाडीमा कोरोना पोजिटिभ देखिएको एपीएफ स्रोतले जनाएको छ ।
सीमाबाट फर्केका खेलाडीलाई कीर्तिपुर र दुवाकोट मा क्वारेन्टीनमा राखिएको छ । जसमध्ये कीर्तिपुरमा १८ र दुवाकोटमा १६ जनालाई पोटेभिज देखिएको हो ।
यसअघि पनि दुईजना खेलाडीमा कोरोना पोजेटिभ देखिएको थियो । अहिलेसम्म ३६ जनाको रिपोर्ट पोजेटिभ आएको जनाएको छ । कोरोना देखिने खेलाडीहरुको नाम गोप्य राखिएको छ ।
लक डाउनको समय सीमा सुरक्षाका लागि ८० खेलाडीलाई बोर्डरमा पठाएको थियो । जसमा फुटबल, क्रिकेट, कराते लगायतका प्रशिक्षक खेलाडी र रेफ्रिहरु रहेका थिए ।
कमेन्ट गर्नुहोस्
