गुल्मीमा एक सातासम्म निषेधाज्ञा जारी

Share:

गुल्मी । गुल्मीमा आजदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार गएराति १२ बजेदेखि भदौ १२ गते राति १२ बजेसम्मको लागि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञा उल्लंघन गर्ने वा आदेशको पालना गर्ने/गराउने कार्यमा अबरोध गर्ने जोसुकै उपर प्रचलित कानुन बमोजिक कारवाही हुने प्रशासनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: