समयसीमा त्यतिक्कै गुज्रिएपछि नेम्वाङ संविधानसभाको बैठक लम्ब्याउन बाध्य

Share:

काठमाडौं, पौष २२ । आफूले दिएको समयसीमाभित्र पनि दलहरुबीच सहमति हुन नसकेपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ सभाको बैठक लम्ब्याउन बाध्य भएका छन् ।
subash-nemwang
झन्डै एक महिनादेखि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको ‘अर्थहीन’ प्रतिवेदनमाथि धारणा राख्दै आएका सभासदहरुले मंगलबार पनि सोही प्रतिवेदनमाथि धारणा राखे ।

मंगलबारको बैठकमा १६जना सभासदले मात्रै आ–आफ्ना धारणा राखे थिए भने अर्को बैठक बुधबार १ बजेका लागि बोलाइएको छ ।

सभाध्यक्ष नेम्वाङले गत विहीबार दलका नेताहरुलाई चार दिनको समय दिँदै यसबीचमा सहमति नभए संविधानको मस्यौदा लेख्ने जिम्मा आफूलाई दिन आग्रह गरेका थिए ।

संविधानसभाको बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले अझै ३५ जना सभासदले बोल्न बाँकी रहेको, शीर्ष नेताहरुले समेत बोल्न चाहेको र संवाद समितिका सभापतिले जवाफ दिनै बाँकी रहेकाले बैठक अझै लम्बिने तर्क गरे ।

नेम्वाङले सहमतिको सम्भावना टरिनसकेको दाबी पनि गरे ।

कमेन्ट गर्नुहोस्
Share: