२४ घण्टामा कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित?

Share:

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३१ हजार नाघेको छ । हालसम्म संक्रमितको संख्या ३१ हजार ११७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार सबै भन्दा धेरै काठमाडौँमा १६० जना संक्रमित थपिएका छन् ।

यस्तै पर्साका ५९ जना, मोरङका ५२ जना, भक्तपुरका ५० जना, सिराहाका ३५ जना, मकवानपुरका ३२ जना, सुनसरीका ३१ जना, बाँकेका २८ जना, चितवनका २७ जना, रुपन्देहीका २३ जना, झापाका १७ जना, कास्कीका १६ जना, कपिलवस्तुका १५ जना, कैलालीका १४ जना र बाराका १० जनामा संक्रमण देखिएको छ ।

बर्दियाका ७, ललितपुर र सल्यानका ६/६ जना, दोलखाका ४ जना, भोजपुर, धनुषा, सप्तरी, काभ्रे, नवलपुर र नवलपरासीका ३/३ जना, रौतहट, धादिङ, नुवाकोट, तनहुँ, जुम्ला र सुर्खेतका २/२ जना तथा इलाम, संखुवासभा, महोत्तरी, सर्लाही, सिन्धुली, बाग्लुङ, स्याङ्जा, पाल्पा, प्युठान, रोल्पा, डडेलधुरा र डोटीका १/१ जनामा संक्रमण पुष्टि भएएको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको पुगेको छ । मृत्यु हुनेको दर ०.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै १८ हजार ३५० जना निको भएका छन् भने १२ हजार ६ सय २१ जना सक्रिय संक्रमित रहेका छन्।

यीमध्ये ८ हजार ७ सय ५ जना संस्थागत आइसोलेसनमा छन् भने ३ हजार ९ सय १६ जना होम आइसोलेसनमा छन्।

हाल १२ जना भेन्टिलेटरमा र १३५ जना संक्रमित आइसियूमा उपचाररत रहेको मन्त्रालयले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: