आज सुनचाँदीको मूल्यमा समान्य गिरावट

Share:

पोखरा । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा समान्य गिरावट आएको छ । आज सुनको मूल्य रु ४०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ४०० मा कारोबार भैरहेको जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० निर्धारण गरिएको छ ।

शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ३०० मा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रु २५ ले घटेको छ । आज चाँदी तोलाको एक हजार ३४५ मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: