
पोखरा । गण्डकी प्रदेशमा ६ वर्षिया बालिकासहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणका क्रममा सोमबार बिहान नवलपुर बिनायत्रिबेणी–१ की ६ वर्षीया बालिकासहित गण्डकीको ५ जिल्लाका थप ८ जनामा संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार नवलपुर बिनायत्रिबेणी–१ कै २८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रदेशको तनहुँ ब्यास– ५ का २६ वर्षीय पुरुष तथा शुक्लागण्डकी– ४ का २८ वर्षीय पुरुष, बाग्लुङको बाग्लुङ नगरपालिका– २ का २०/२० वर्षका २ पुरुष, म्याग्दीको बेनीका २० वर्षीय पुरुष र स्याङजा पुतलीबजारका एक ३७ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८८८ पुगेको छ । निको हुनेको संख्या १ हजार ६१२ (८५.३८%) पुगेको पनि निर्देशनालयले छ ।
