
काठमाडौँ । विश्वमा डेढ करोड बढी कोरोना संक्रमित उपचार पछि संक्रमण मुक्त भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार १ करोड ५० लाख २७ हजार ६ सय ६२ जना निको भएका हुन्।
हाल विश्वमा संक्रमितको संख्या २ करोड ३३ लाख १८ हजार ४ सय १५ पुगेको छ भने ८ लाख ६ हजार ६ सय ३० जनाको मृत्यु भइसकेको छ ।
सबै भन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५६ लाख ९९ हजार ८ सय ४ पुगेको छ भने १ लाख ७६ लाख ७ सय ६५ जनाको मृत्यु भएको छ।
यस्तै, ब्राजिलमा ३५ लाख ८२ हजार ३ सय ६२ संक्रमित छन् भने १ लाख १४ हजार २ सय ५० को मृत्यु भएको छ ।
यता भारतमा संक्रमितको संख्या ३० लाख ४४ हजार ९ सय ४० पुगेको छ भने ५६ हजार ७ सय ६ को मृत्यु भएको छ ।
रुसमा संक्रमित संख्या ९ लाख ५४ हजार ३ सय २८ संक्रमित पुगेको छ भने १६ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ।
