पोखराको प्रतिक्षालयमा महिलाको शव फेला

Share:

पोखरा । पोखराको लामे आहालस्थित प्रतिक्षालयमा एक महिलाको शव फेला परेको छ।

सोमबार बिहान पोखरा–३३ लामे आहालस्थित प्रतिक्षालयमा अन्दाजी ४० वर्षीया महिला मृत अवस्थामा फेला परेको हरीले जनाएको छ ।

ती महिलाको हालसम्म नाम, थर, वतन नखुलेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भईरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: