पोखरामा थप ४ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखरामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान पोखरा महानगरका ३ वटा वडाका ३ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरा महानगरको वडा नं. १३ का ३०/३० वर्षका २ पुरुष, वडा नं. २८ का ३४ वर्षीय १ पुरुष र वडा नं. २९ की ३६ वर्षीया १ महिलामा कोरोना पुष्टि भएको हो ।

संक्रमितहरु मध्ये पोखरा–१३ का २ जना भारतबाट आएका रहेको र पोखरा–२८ र २९ का २ जना कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु रहेको निर्देशानालायले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ९५ पुगेको छ । जसमध्य १ हजार ६ सय ३९ जना निको भएर घर फर्किएको निर्देशनालयले जनाएको छ । हालसम्म गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: