पोखरामा थप एक जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखरामा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार बिहान तेस्रो पटक सार्वजनिक गरेको विज्ञप्ति अनुसार पोखरा– १६ का ७६ वर्षीय वृद्धमा कोरोना संक्रमण देखिएको हो ।

निर्देशनालयका अनुसार पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा उपचारका लागि आएका वृद्धमा कोरोना देखिएको हो । अहिले उनलाई आइसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ७८ पुगेको छ । हाल १ हजार ६६५ जना निको भइ घर फर्किसकेका छन् भने प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: