नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु पुष्टि, मृतक संख्या दुई सय नाघ्यो

Share:

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा १२ जनाको मृत्यु पुष्टि भएको जानकारी दिएका हुन्।

मृत्यु हुनेमा ३ महिला र ९ पुरुष गरी १२ जना संक्रमित भएका छन्। मृतक महिलाहरुमा काठमाडौँकी ५१ वर्षीया, पाल्पाकी ३० वर्षीया र भक्तपुरकी ६२ वर्षीया रहेका छन् ।

यस्तै मृतक पुरुषहरुमा कास्कीका ५८ वर्षीय, पर्साका ४८, ४९ वर्षीय २ जना, सिरहाका ८४ वर्षीय, गोरखाका ३८ वर्षीय, काठमाडौँका ८३ वर्षीय, भक्तपुरका ८२ वर्षीय, ललितपुरका ६१ र ७२ वर्षीय रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ०.५५ प्रतिशत हो ।

कमेन्ट गर्नुहोस्
Share: