सिन्धुपाल्चोकको धुसेनीमा पहिराले चार वटा घर पुर्‍यो

Share:

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ धुसेनीमा पहिरो जाँदा चार घर पुरिएको छ। आइतबार बिहान ३ बजे गएको पहिरोले चार वटा घर पुरेको प्रहरीले जनाएको छ ।

स्थानीयहरु पहिरोको जोखिमका कारण घर छाडेर अन्यत्रै बस्ने भएकाले मानवीय क्षति नभएको बताइएको छ।

धुसेनीका अन्य ५५ भन्दा बढी घर पहिरोको उच्च जोखिम रहेको पनि स्थानियले जनाएका छन् । यस्तै ४ रोपनी क्षेत्रमा लगाएको धानबाली पनि उच्च जोखिममा रहेको छ।

सिन्धुपाल्चोक जिल्लाका लिदी, मेलम्ची, जम्बु, फुल्पिङलगायतका स्थानमा आएको बाढी र पहिरोमा परी यस वर्षमात्रै ५६ जनाको मृत्यु भएको छ भने २६ जना अझै बेपत्ता छन्।

कमेन्ट गर्नुहोस्
Share: