
गोरखा । गोरखामा जारी निषेधाज्ञा आजदेखि हटेको छ ।
कोभिड–१९ रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि गठित जिल्लास्तरीय कमाण्ड पोष्टको हिजो बसेको बैठकले गोरखामा जारी निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
होटल, ब्युटीपार्लर, सैलुन, जिमखानाबाहेकका पेशा व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आजदेखि खुलेका छन् ।
अत्याधिक भीडभाड हुने सरकारी तथा निजी सङ्घसंस्थालाई भने तालिका बनाएर खुलाउने निर्णय भएको बताइएको छ ।
छिमेकी जिल्ला तनहुँ, चितवन र धादिङमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गोरखामा भदौ १ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
