कोरोनाबाट गोरखाकी एक महिलाको मृत्यु पुष्टि, लमजुङ र गोरखामा ८ संक्रमित थपिए

Share:

पोखरा । कोरोना भाइरस संक्रमणबाट गोरखाकी एक महिलाको मृत्यु पुष्टि भएको भएको छ । गोरखा आरुघाटकी ६५ वर्षीया महिलाको विरेन्द्र अस्पताल छाउनी काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार भदौ ४ गतेदेखि विरेन्द्र अस्पतालमा उपचाररत रहेकी उनको उपचार कै क्रममा १३ गते राति ११:४८ बजे मृत्यु भएको हो । भदौ १३ गते कोरोना पुष्टि भएकी उनी थाइराइड र मृगौलाका दिर्घरोगी समेत थिइन् ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

लमजुङ र गोरखामा ८ संक्रमित थपिए

यसैगरी गण्डकी प्रदेशमा सोमबार बेलुका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले तेस्रो विज्ञप्ति गरी प्रदेशको गोरखा र लमजुङ दुई जिललाका ८ जनामा कोरोना देखिएको जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार लमजुङ बेसीसहर– ८, १० र ११ का ३५, ४५ र ३८ वर्षीय ३ पुरुष तथा बेसीसहर– २ का ३० वर्षीया, ७ का २१ र २८ वर्षीया ३ महिलामा कोरोना देखिएको छ ।

यस्तै गोरखा ६ का २१ वर्षीय पुरुष तथा १३ की १२ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ६५ पुगेको छ । हाल गण्डकी प्रदेशमा ४५९ संक्रिय संक्रमित रहेका पनि निर्देशनालयले जानकारी दिएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: