
पोखरा । पोखरामा एक र तनहुँमा दुई जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार दोस्रो पटक विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।
मंगलबार दिउँसो कास्कीको पाखरा–७ का २७ वर्षीय पुरुष र तनहुँको व्यास– ५ की २३ वर्षीया महिला तथा भानु–७ का ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार पाखरा–७ का संक्रमित पुरुष गरिमा विकाश बैंक, डुम्रे, तनहुँ शाखाका कर्मचारी हुन् भने तनहुँको व्यास– ५ की संक्रमित महिला हुलाक सेवा तनहुँकी कर्मचारी हुन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२ हजार ८ पुगेको छ । यसअघि आज बिहान मात्रै गण्डकीमा ३९ जना संक्रमित थपिएका थिए ।
कमेन्ट गर्नुहोस्

