२४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु पुष्टि

Share:

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु पुष्टि भएको छ ।

स्वस्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा ४ जना महिला र २ जना पुरुष गरी ६ जनाको मृत्यु पुष्टि भएको जानकारी दिएका हुन् ।

मृत्यु हुने महिलाहरुमा भक्तपुर र चितवनका ४०/४० वर्षीया तथा तनहुँकी ९२ र रुपन्देहीकी ७७ वर्षीया गरी ४ जना रहेका छन् ।

यसैगरी मृत्यु हुने पुरुषहरुमा सिन्धुपाल्चोकका ७७ वर्षीय र रुपन्देहीका ६५ वर्षीया गरी दुई जना रहेका छन् ।

यससँगै नेपामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ । यो संक्रमित संख्याको ०.६ प्रतिशत हो ।

गत २४ घण्टामा १३ हजार ४१३ परिक्षण भएको छ भने हालसम्म ७ लाख ३१ हजार ८५२ पिसिआर परिक्षण भएको छ ।

हाल १८ हजार ४१३ जना संक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा १० हजार ६७१ छन् भने होम आइसोलेसनमा ७ हजार ७४२ जना छन्। हाल ६ हजार ७४९ जना क्वारेन्टीनमा छन्।

 

कमेन्ट गर्नुहोस्
Share: