
पोखरा । पोखराका एक जना सहित गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार दिउँसा दोस्रो प्रेस विज्ञप्ति जारी गरीे कास्कीको पोखराका एक जना सहित प्रदेशका स्याङजा, गोरखा, मनाङ र नवलपुर जिल्लामा गरी ४३ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।
निर्देशनालयका अनुसार कास्कीको पोखरा ५ का ३२ वर्षीय पुरुष, स्याङजा भिरकोटका २० वर्षीय पुरुष, गोरखाका ३ वर्षीया बालिका देखि ५० वर्ष उमेर समुहका ९ महिला तथा २६ देखि ६० वर्ष उमेर समुहका ६ पुरुष, मनाङ चामेमा कार्यरत नेपाल प्रहरी २४ वर्षीया पुरुषमा कोरोना देखिएको छ ।
यसैगरी नवलपुरका ४ वटा पालिकाका २४ जनामा पनि कोरोना देखिएको छ । संक्रमित हुनेमा गैंडाकोटकी ३ वर्षीया बालिका तथा २५ र ६५ वर्षीया दुई महिला, कावासोतीका ११ देखि ३३ वर्ष उमेर समुहका ४ महिला र ३० देखि ७५ वर्ष उमेर समुहका ६ पुरुष, देवचुलीका २० देखि ६७ वर्ष उमेर समुहका ६ महिला र ५०, ६४ र ७४ वर्षका ३ पुरुष, बिनयत्रिवेणीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको छ । यस अघि आज बिहान गण्डकीमा एकैपटक ४० जनामा संक्रमण पुष्टि भएको थियो ।

