
गोरखा । गोरखामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले शुक्रबार तेस्रो विज्ञप्ति जारी गरी गोरखाको ३ महिला र ३ पुरुषमा कोरोना देखिएको जानकारी दिएको हो ।
शुक्रबार दिउँसो गोरखाको गोरखा नगरपालिका– ६ का ४ वर्षीया बालिका सहित ३२ र ५१ वर्षीया ३ महिला तथ २३, ३५ र ५३ वर्षीय ३ पुरुषमा कोरोना पुष्टि भएको हो ।
यससँगै आज मात्रै प्रदेशमा ८९ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि गण्डकीमा आजै बिहान ४० जना र दिउँसो ४३ जना कोरोना संक्रमित थपिएका थिए ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ४०३ पुगेको छ ।
कमेन्ट गर्नुहोस्

