
काठमाडौँ । कोरोना संक्रमणका कारण नेपालमा थप ९ जनाको मृत्यु पुष्टि भएको छ ।
स्वस्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा जागेश्वर गौतमले २ जना महिला र ७ जना पुरुष गरी ९ जनाको मृत्यु पुष्टि भएको जानकारी दिएका हुन् ।
मृत्यु हुने महिलाहरुमा मोरङकी ६४ वर्षीया, झापाकी ४५ वर्षीया रहेका छन् ।
यसैगरी मृत्यु हुने पुरुषहरुमा मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय, काठमाडौँका ७४, ८५ र ६८ वर्षका ३ जना तथा चितवनका ७० वर्षीय रहेका छन् ।
यससँगै नेपामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।
हाल १७ हजार २७ जना संक्रिय संक्रमित छन् । हाल संस्थागत आइसोलेसनमा ९ हजार २०१ जना छन् भने होम आइसोलेसनमा ७ हजार ८२६ जना छन्। हाल ४ हजार ७०३ जना क्वारेन्टीनमा छन्।
पछिल्लो २४ घण्टामा १० हजार ३८२ जनाको परीक्षण भएको छ। हालसम्म ७ लाख ६८ हजार ३४५ जना परीक्षण भएको छ।
