
बाग्लुङ । बाग्लुङको पाउजा भिरमा आइतबार एक महिला मृत फेला परेकी छन् ।
बागलुङ नगरपालिका–१३ पाउजा भिरमा बरेङ गाउपालिका–७ धुल्लुबासकोटका जित बहादुर थापाकी श्रीमती अन्दाजी ३७ वर्षकी अनिता थापा मृत फेला परेकी हुन् ।
उनी शनिबार (हिजो) बागलुङ नगरपालिका–१३ पाउजा माईत आएकी र बेलुकी ७ बजे कोही कसैलाई जानकारी नगराई हिडेकी थिइन् । खोजतलास गर्दै जाँदा माईतिघरबाट अन्दाजी २०० मिटर पूर्व आइतबार बिहान ९ः३० बजे मृत अवस्थामा भेटीएको प्रहरीले जनाएको छ ।
घटनाको बिषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
