
पोखरा । पोखरामा दुई जना महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
विभिन्न प्रलोभन तथा डर धम्की देखाई ३१ र ३६ वर्षीया दुई महिलालाई जवरजस्ती करणी गरेको आरोपमा पोखरा ७ शान्तिनगरका ३७ वर्षीय बामदेव सुवेदी पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिएका छन् ।
जवरजस्ती करणी गरेको जाहेरीका आधारमा सुवेदीलाई मंगलबार उनकै बासस्थानबाट पक्राउ गरिएको बताइएको छ ।
पक्राउ परेका सुवेदीलाई जबरजस्ती करणी उद्योग सम्बन्धी कसुर अन्तरगत अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
