
पोखरा । सुनको मूल्य तोलाको ६०० रुपैयाँले बढेको छ ।
बुधबार सुनको मूल्य ९६ हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य १३ सय १५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
