
काठमाडौँ । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ४४ लाख नाघेको छ । गत २४ घण्टामा ९५ हजार ७३५ जना संक्रमित थपिए सँगै कुल संक्रमित ४४ लाख ६५ हजार ८६४ पुगेको हो ।
यस्तै कोरोना संक्रमणबाट एकैदिन ११ सय ७२ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ७५ हजार ६२ पुगेको छ ।
भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।
भारतमा अहिलेसम्म ३४ लाख ७१ हजार ७८४ जना निको भएका छन् । त्यस्तै ९ लाख १९ हजार १५ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
कमेन्ट गर्नुहोस्
