नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु

Share:

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाका मृत्यु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ जना महिला र ४ जना पुरुष गरी ५ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौँकी ५५ वर्षीया महिलाको मृत्यु भएको हो ।

यस्तै काठमाडौँका ५९ र ८३ वर्षीय दुई पुरुष, चितवनका ६२ वर्षीय पुरुष तथा कपिलवस्तुका २९ वर्षीय पुरुषको पनि मृत्यु पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ । यो कुल संक्रमितको ०.६३ प्रतिशत हो ।

हाल देशभर १४ हजार ४४८ जना सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा ८ हजार १० जना छन् भने होम आइसोलेसनमा रहनेको संख्या ६ हजार ४३८ जना छन् । हाल ५ हजार ८०६ जना क्वारेन्टीनमा छन्। आईसीयुमा १६५ जना र भेन्टिलेटरमा २१ जना उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार १४४ परिक्षण भएको छ भने हालसम्म ८ लाख १० हजार ४८५ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: