भारतमा एकैदिन ९६ हजार बढी कोरोना संक्रमित थपिए

Share:

काठमाडौँ । छिमेकी देश भारतमा एकैदिन ९६ हजारभन्दा बढीमा कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या एकैदिन संक्रमित थपिने अहिलेसम्मकै धेरै हो ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४५ लाख ५९ हजार ७२५ पुगेको छ ।

यस्तै भारतमा २४ घण्टामा १ हजार २१३ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या संख्या ७६ हजार ३०४ पुगेको छ ।

भारतमा अहिलेसम्म ३५ लाख ३९ हजार ९८३ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४३ हजार ४३८ जनाको उपचार भइरहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

भारत कोरोना संक्रमणबाट विश्वकै दोस्रो प्रभावित मुलुक हो भने कोरोनाबाट मृत्यु हुने तेस्रो प्रभावित मुलुक हो ।

कमेन्ट गर्नुहोस्
Share: