गण्डकीमा थप १० जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार दिउँसो चौथो विज्ञप्ति जारी गरी गोरखा, तनहुँ र नवलपुर गरी गण्डकीका ३ जिल्लाका १० जनामा कोरोना देखिएको जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा गोरखामा ३ जना महिलामा कोरोना देखिएको छ । संक्रमित हुनेमा गोरखा नगरपालिकाका –६ की ३३ वर्षीया महिला, अजिरकोट गाउँपालिका–२ की ७८ वर्षीया महिला र भिमसेन गाउँपालिका–३ की ४३ वर्षीया महिला रहेका छन् ।

यसैगरी तनहुँमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आबुखैरेनी–३ का ५१ वर्षीय पुरुष र भिमाद–६ निवासी २० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै नवलपरासी पूर्वका ५ जनामा कोरोना पुष्टि भएको छ । नवलपरासी कावासोती–३ की ३९ वर्षीया महिला, ४५ वर्षीय पुरुष, देउचुली–३ का ५७ वर्षीय पुरुष, देउचुली ११ का ३१ वर्षीय पुरुष र गौडाकोट–४ की ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

निर्देशनालयले शुक्रबार अहिलेसम्म जारी गरेको अध्यावधिक विवरण अनुसार आज मात्रै गण्डकीमा ७५ कोरोना संक्रमित थपिएका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ८ सय ५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: