कास्कीमा असोज ७ सम्म विद्यालय खोल्न नपाउने, सार्वजनिक सवारी चल्ने, पार्टी गर्न नपाउने

Share:

कास्कीमा भदौ ३ गतेदेखि जारी निषेधाज्ञा २ हप्तापछि खुकुलो बनाइयो । प्रशासनले त्यसपछि पनि विस्तारै खुकुलो बनाउँदै गएको छ । आज पाँचौ पटकको निर्णयमा सार्वजनिक सवारी खुलाएको छ । तर विद्यालय, सिनेमा हल, रंगशाला, स्विमङ पुल भने अझै खुलाइएको छैन ।

जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक सवारी बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाउने तर शर्त सहित खुलाइएको जनाएको छ । अब आधा संख्यामा मात्र यात्रु बोक्न पाउनेछन् ।

समुदायस्तरमा संक्रमित भेटिन थालेपछि र चाडपर्वमा भीडभाड हुने भन्दै प्रशासनले भदौ ३ देखि ७ भदौसम्म निषेधाज्ञा लगाएको थियो । ७ भदौमा प्रशासनले ५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको थियो । ५यसपछि भने खुकुलो बनाइएको हो । दिनहुँ मान्छे मर्ने क्रम बढेको र संक्रमित संख्या पनि बढेकाले निषेधाज्ञा पूर्ण रुपमा नहटाइएको बुझिएको छ ।

के गर्न पाइन्छ, के पाइँदैन ?, जिल्ला प्रशासन कार्यालयको सूचना हेर्नुहोस्:

कमेन्ट गर्नुहोस्
Share: