२४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना पुष्टि, १ हजार १७३ जना डिस्चार्ज

Share:

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महिला ३६५ र पुरुष ६७४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै काठमाडौँका ४८३ जना रहेका छन् ।

यस्तै भक्तपुरका ८१ जना, मोरङका ७१ जना, बर्दियाका ६१ जना, धादिङका ३४ जना, ललितपुरका ३३ जना, रुपन्देहीका ३१ जना, चितवन र लमजुङका २७/२७ जना, सर्लाही २२ जना, नवलपुरका २० जना, बाँकेका १७ जना, धनुषा र कञ्चनपुर १४/१४ जना, नुवाकोटका ९ जना, नवलपरासीका ८ जना तथा कास्की, गोरखा, तनहुँ, सुर्खेत र कैलालीका ७/७ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाका ५ जना, पर्सा, बारा र कपिलवस्तुका ४/४ जना, सुनसरी, महोत्तरी, सिराहा र डडेलधुराका ३/३ जना, खोटाङ, सप्तरी, रामेछाप, गुल्मी, प्युठान, जुम्ला र अछामका २/२ जना तथा उदयपुर, झापा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, दाङ, पाल्पा, दैलेख र रुकुम पश्चिमका १/१ जनामा कोरोना पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

यसैगरी गत २४ घण्टामा १ हजार १७३ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ । यो कुल संक्रमितको ७१.४ प्रतिशत हो ।

त्यस्तै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ । यो कुल संक्रमितको ०.६४ प्रतिशत हो ।

हाल देशभर १५ हजार ११७ जना सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा ७ हजार ७३० जना छन् भने होम आइसोलेसनमा ७ हजार ३८७ जना छन् । आईसीयुमा १६९ जना र भेन्टिलेटरमा २३ जना उपचाररत छन् । हाल ६ हजार ५३६ जना क्वारेन्टीनमा छन्।

पछिल्लो २४ घण्टामा ९ हजार १६५ परिक्षण भएको छ भने हालसम्म ८ लाख ४० हजार ५२७ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: