
काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ९४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९४ लाख ३७ हजार पुगेको छ ।
यस्तै कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ९ लाख ३२ हजार ४२२ पुगेको छ । गत २४ घण्टामा मात्रै थप ४ हजार ३५२ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यङ्कमा उल्लेख छ ।
यसैगरी विश्वमा एकैदिन २ लाख ४७ हजार ९८४ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै निको हुनेको संख्या २ करोड १२ लाख ७३ हजार ३०४ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो ।
कमेन्ट गर्नुहोस्
