पोखरामा चन्दा उठाएको आरोपमा विप्लवका काठमाडौँ जिल्ला कमिटी सदस्य सहित २ जना पक्राउ

Share:

पोखरा । पोखरामा जवरजस्ती चन्दा उठाएको आरोपमा कास्की प्रहरीले विप्लव समुहका दुई जनालाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो उदयपुर जिल्ला त्रियुगा नगरपालिका ८ मोतिडाँडा घर भइ हाल काठमाडौँ तारकेश्वर नगरपालिका ७ मनमैजु बस्ने वर्ष २७ का रविन केसी भनिने ध्वज बहादुर रावत र रोल्पा जिल्ला गंगादेवी गाउँपालिका २ घर भइ काठमाडौँ महानगरपालिका १६ गोङगबु बस्ने वर्ष २२ का रामकुमार डाँगी पक्राउ परेका हुन् ।

पक्राउ परेका मध्ये रावत नेकपा विप्लव समुहका अखिल क्रान्तिकारी, काठमाडौँ जिल्ला कमिटी सदस्य र डाँगी नेकपा विप्लव समुहका अखिल क्रान्तिकारीमा आवद्ध रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुबास हमालले जनाकारी दिए ।

बुधबार दिउँसो ३ः३० बजे पोखरा ६ हल्लनचोकमा जबर्जस्ती चन्दा असुली रहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नगद एक लाख, मोवाइल सेट चार थान, एउटा मोटरसाइकल र चन्दा उठाउन प्रयोग गरिएको नेकपा (बिप्लव समुह) केन्द्रिय समितिको नगदी रसिद १ थान वरामद गरेको छ ।

पक्राउ परेका उनीहरु बिरुद्ध चन्दा ऐन सम्बन्धी कसुर अन्तरगत मुद्धा दर्ता गरी थप अनुसन्धान अगाडी बढाईएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: