विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६ लाख नाघ्यो, ९ लाख ५४ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ३ करोड ६ लाख ६५ हजार ४ सय १ पुगेको हो।

हालसम्म विश्वमा कोरोनाबाट ९ लाख ५४ हजार ८ सय ९५ जनाको मृत्यु भइसकेको छ भने २ करोड ९ लाख १ हजार २४ जना निको भएका छन्।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६७ लाख ६४ हजार १ सय ९८ पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख ९९ हजार २ सय ५५ पुगेको छ।

यस्तै, अमेरिका पछि भारतमा संक्रमित संख्या ५३ लाख ८ हजार १४ पुगेको छ भने ८५ हजार ६ सय १९ को मृत्यु भएको छ ।

यसैगरी तेस्रो प्रभावित ब्राजिलमा संक्रमित संख्या ४५ लाख २८ हजार २ सय ४० पुगेको छ भने त्यहाँ १ लाख ३६ हजार ५ सय ३२ को मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: