
काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ६ वटा जिल्लाका ६ महिला र ४ पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु हुने महिलाहरुमा काठमाडौँ ४०, ६० र ६३ वर्षका ३ जना, ललिपुरकी ७५ , भक्तपुरकी ७२ वर्षीया तथा पाल्पाकी ४० वर्षीया रहेका छन् ।
यस्तै मृत्यु हुने पुरुषहरुमा काठमाडौँका ८२ वर्षीय, धनुषाका ७६ वर्षीय, चितवनका ८० वर्षीय र रुपन्देहीका ६७ वर्षीय रहेका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुृनेको संख्या ४ सय ११ पुगेको छ । यो कुल संक्रमितको ०.६४ प्रतिशत हो ।
कमेन्ट गर्नुहोस्
