
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या हालसम्म ३ हजार ४ सय ३९ पुगेको छ ।
आज (आइतबार) मात्रै पोखरामा १९ जनासहित गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले आज ३ पटक सम्म विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।
निर्देशनालयकाले जारी गरेको पछिल्लो तेस्रो विज्ञप्ति अनुसार पोखराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका १४ का ४० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जानकारी दिएको हो । कन्ट्याक ट्रेसिङमा परेका ती पुरुषमा क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
यस्तै निर्देशनालयले जारी गरेको दोस्रो विज्ञप्ति अनुसार पोखरा महानगरका १३ जनासहित गण्डकीमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार पोखरामा कार्यरत ६ जना प्रहरीसहित महानगरका ५ वटा वडाका १० पुरुष तथा ३ महिलामा सङक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा पोखरा ७ का ३८ वर्षीय पुरुष तथा नेपाल प्रहरीमा कार्यरत २४, २५ , २८, ४०, र ४२,४२ वर्षका पुरुष, पोखरा ६ का ३२ वर्षीय पुरुष तथा २५ वर्षीया महिला, पोखरा १७ की २७ वर्षीया महिला तथा ४५ वर्षीय पुरुष, पोखरा २२ का २२ वर्षीय पुरुष र पोखरा २३ की ४४ वर्षीया महिला रहेका छन् ।
त्यसैगरी लमजुङ सुन्दरबजारका वडा नम्बर ६, ९ र १० का ६ वर्षका बालकसहित ५५ वर्ष उमेर समुहका ७ जना पुरुष तथा ६ वर्षीया बालिकासहित ५० वर्ष उमेर समुहका ८ जना महिला एवं तनहुँ जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा उपचाररत १२ वर्षीया बालिका र २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यसैगरी निर्देशनालयले जारी गरेको पहिलोे विज्ञप्ति अनुसार आइतबार बिहान पोखराका ५ सहित कास्कीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपलिका १२ का २२ वर्षीय पुरुष, १० का ३६ वर्षीय पुरुष, ८ का १७ वर्षीया महिला, २५ का २६ वर्षीय पुरुष र ५ का ५७ वर्षीय पुरुष तथा कन्ट्याक ट्रेसिङबाट पहिचान भएका कास्कीको माछापुच्छ्रे ३ का ५७ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।



