
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ७९ पुगेको छ । प्रदेशमा सोमबार (आज) मात्रै पोखराका २ जनासहित गण्डकीमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार ३ पटक सम्म विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।
निर्देशनालयले जारी गरेको पछिल्लो (तेस्रो) विज्ञप्ति अनुसार गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालयमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । निर्देशनालयका अनुसार पोखरा ११ का ४६ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
यस्तै दोस्रो अध्यावधिक विवरण अनुसार सोमबार दिउँसो प्रदेश अन्तर्गत कास्कीसहित तनहुँ, बाग्लुङ, गोरखा र स्याङ्जा गरी ५ जिल्लाका ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
निर्देशनालयका अनुसार कास्कीको माछापुच्छ्रे ६ का ५७ वर्षीय पुरुष, रुपा २ का २३ वर्षीय पुरुष तथा १ का २० र ४३ वर्षीया महिलामा पनि कोरोना देखिएको छ ।
यसैगरी बाग्लुङको ढोरपाटन–१ का २४ देखि ३३ वर्ष उमेर समुहका ६ पुरुष र १९ देखि ५८ वर्ष उमेर समुहका ७ महिलामा कोरोना पुष्टि भएको छ । उनीहरु नेपाल बैंक लि., हिमाल मेडिकल, भट्टराई ईलेक्ट्रोनिक्स, ढोरपाटन न.पा. कार्यालय, बुर्तिबाङ प्रा.स्वा.के., धौलागिरी होटेल, साईला होटेल, सिटी क्लिनिकमा कार्यरत रहेको निर्देशनालयले जनाएको छ । भारतबाट आई क्वारेन्टीनमा बसेका बाग्लुङको ढोरपाटन–४ का ३१ बर्षीय पुरुष र गोरखाको सिरानचोक–६ का ३३ बर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।
त्यस्तै स्याङ्जाको पुतलीबजार १ का २९ वर्षीय पुरुष र ७२ वर्षीया महिला एवं तनहुँको सुक्लागण्डकी ६ का ४२ वर्षीय पुरुष, ८ का ५० वर्षीय पुरुष, १० का ३६ वर्षीय पुरुष, ११ का ३५ वर्षीय पुरुष तथा ५ का ११, १२, ५२, ५५ वर्षका ४ पुरुष र ९ वर्षीया बालिका सहित १४, १७, ३६, १९, १६, १२, १९, १६ वर्षका ९ जना महिलामा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।
यसैगरी पहिलो विवरण अनुसार कास्कीको पोखरा महानगरपालिका–२८ का १९ बर्षीय पुरुषमा कोरोना देखिएको छ ।



